फिल्म ‘केटी हराएको सूचना’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठलाई पछ्याएको टिजरले उनीहरुको सम्बन्धमा आउने उतार-चढावलाई देखाएको छ । दीपेन्द्र गौचनले फिल्मको निर्देशन गरेका हुन् । दीपेन्द्रकै निर्माण रहेको फिल्ममा उनी स्वयंकै स्क्रिप्ट लेखन छ । यसमा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल लगायतको अभिनय छ । फिल्ममा अमितेष शाह विशेष भूमिका छन् ।माघ ११ बट चलचित्र रिलिजमा आउँदै छ ।