दीवाकर भट्टराईको निर्देशनमा बनेको फिल्म ‘मायावी’को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरले फिल्मका मुख्य दुई पात्र पल शाह र दीपिका प्रसाइँको मनोदशा दर्शाउँछ । एउटा पोस्टरमा पल पीडामा देखिन्छन् ।निर्देशक भट्टराई स्वयंको लेखन रहेको फिल्ममा पल र दीपिकासहित सुशील सिटौला, करिश्मा श्रेष्ठ, राजाराम पौडेल, लक्ष्मी गिरी, प्रशान्त ताम्राकार, अंशु महर्जन, रवि डंगोल, रमा प्रसाँई लगायतको पनि अभिनय छ । यो फिल्मबाट ‘म्यान हन्ट इन्टरनेशनल नेपाल २०१६’का विजेता समिम खानले डेब्यु गरेका छन् । फिल्ममा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्त निर्मातामा छन् ।प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता रहेको फिल्मका सह-निर्माता राजु पराजुली र सुमित वली हुन् । यसमा राजु विक्रम थापाको डीओपी, मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर, शम्भुजित बास्कोटा र एसडी योगीको संगीत तथा प्रविण सिंह र कविराज गहतराजको कोरियोग्राफी छ । यो फिल्म महाशिवरात्रिको दिन पारेर फागुन १४ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।