हरर फिल्म ‘ममी’को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा फिल्मकी मुख्य अभिनेत्री प्रियंका कार्की चित्रित छिन् । पोस्टरमा प्रियंका उभिएको पछाडि घरको भित्तामा फोटो फ्रेम पनि छ, जसमा अभिनेता सुलक्षण भारती, बाल कलाकारहरु आयुषी ढकाल र जेभिस श्रेष्ठको तस्वीर देख्न सकिन्छ । फ्रेमको काँच फुटेको छ भने त्यहाँ रगत बगिरहेको छ । समर निरौलाको निर्देशनमा बनेको फिल्ममा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतको पनि अभिनय छ । सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको फिल्ममा समर निरौला र पूर्णिमा जोशीको संयुक्त लेखन छ । फिल्मका निर्माता लोकराज जोशी तथा पूर्णिमा जोशी हुन् भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् ।‘ममी’को छायाँकन निशाल पौडेल र शरद महतोले गरेका हुन् ।