गायक तथा अभिनेता प्रकाश सपूतको पहिलो निर्देशित फिल्म ‘वसन्त’को पहिलो गीतको रुपमा ‘साँझ पर्‍यो झमक्क’ सार्वजनिक गरिएको छ ।  सार्वजनिक उक्त गीतमा प्रकाश स्वयंको गायन छ भने उनलाई ‘गलबन्दी’ गायिका शान्तिश्री परियारले साथ दिएकी छन् । सालैजो र यानीमाया भाकाको गीतमा प्रकाश स्वयंको शब्द रचना तथा संगीत छ । भिडियोमा फिल्मका दुई मुख्य पात्र प्रकाश सपूत र स्वस्तिमा खड्काबीचको प्रेमलाई देखाइएको छ । 

 

आगामी चैत २२ गतेबाट प्रदर्शनमा आउन लागेकोे फिल्ममा प्रकाश र स्वस्तिमासहित खड्गबहादुर पुन, प्रभात पल, श्री शिवांसी, उर्मिला लमगडे, अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपाल लगायतको अभिनय छ । प्रकाश स्वयंको लेखन तथा संगीत रहेको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् । फिल्ममा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली कार्यकारी निर्मातामा छन् ।