फागुन २ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘ताण्डवम्’ एक साता पछाडि सरेको छ । अब यो फिल्म फागुन ९ गतेबाट प्रदर्शनमा आउनेछ ।  जुनिम गहतराजको डेब्यु निर्देशन रहेको फिल्ममा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अंकित खड्का, अनोज पाण्डे, जुनिम गहतराज, कमल कार्की, गोपाल कटुवाल लगायतको अभिनय छ । फिल्मका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् ।

 

एक नवविवाहित जोडी पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरुको जीवनमा घट्ने अकल्पनीय घटनाले निम्त्याउने उतारचढावको कथालाई पेश गरिएको फिल्ममा नामजस्तै धार्मिक कनेक्सन पनि रहेको जनाइएको छ । हरि घले लामाले खिचेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा सुशान्त गौतमको संगीत रहेको छ । फिल्ममा अनिरुद्ध आत्रेय र हुसेनको लेखन छ ।