आउदो शुक्रवार कात्तिक २४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मेला’ युनिटले अभिनेत्री श्वेता खड्काले निर्माण गर्न लागेको एकीकृत माझी बस्तीको लागी रु.५१ हजार आर्थित सहयोग गरेको छ । मेला का निर्माता, लेखक तथा सह निर्देशक हरि पन्त स्वयम्ले नायिका खड्काको कमलादी स्थित राईजिङ्ग मलमा रहेको हिमालयन जाभामा पुगी सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।चलचित्र मेला पूर्ण व्यावसायिक तथा मनोरञ्जनात्मक चलचित्र बनेको भएता पनि समाजमा आप्mनो पनि कुनै न कुनै रूपमा सामाजिक दायित्व भएकोले एकीकृत माझी बस्तीको निर्माणमा आपूmले सानो सहयोग गरेको बताएका थिए । वसन्त निरौलाको निर्देशन रहेको चलचित्रमा सलोन बस्नेत, आमेश भण्डारी, अशिष्मा नकर्मी लगातयका कलाकारको मुख्य भूमिका रहेको छ ।