गायक अनिल रिजालको “अपरिचित म'' सार्वजनिक भएको छ l गायक अनिल कै शब्द रचना रहेको गीतलाई लुमन स्थापितले एरेन्ज गरेका हुन् भने, भोकल रेकर्ड राज महर्जनले गरेका हुन्। फजी फिल्म्सको प्रस्तुतीमा निर्माण भएको गीतको भिडियोलाई विवेक घर्ती मगरले निर्देशन, द्रिश्य कैद र् सम्पादन गरेका हुन् l
गीतले अस्तित्वको यो अँध्यारो कोठाभित्रको बाँच्नको यात्रालाई चित्रण गर्छ। कलाकार सुन्दर धितालको मुख्य अभिनय रहेको यस् भिडियोमा रमेश बस्नेत,नविन प्याकुरेल लगायतको अभिन्य रहेको छ lनिल रिजालले आफनै युट्युब च्यानल मार्फत गित सार्वजनिक गरेका हुन् l