माघ १ गते मंगलबार माघे संक्रान्तिको अवसरमा सिनेमा ‘डोरी’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । पोस्टर सार्वजनिकसँगै सिनेमा चैत्र १५ देखि देशभरका सिनेमा घरहरूमा प्रदर्शन हुने जानकारी दिइएको छ ।पोस्टरले सिनेमाका मुख्य कलाकार विरेन्द्र सिह कुसुवा आक्रोश रुपमा देखिएका छ्न् । कथावस्तु र भावनात्मक गहिराइको झल्को दिने प्रयास गरेको छ । ‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । सिनेमामा अनुभवी र नव प्रवेशी कलाकारहरूको संयोजन रहेको छ । जसमा प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, वीरेन्द्र सिंह कुशवाहा, राज पौडेल, कविता आले, राज थापा, नूतन लगायतको अभिनय रहेको छ ।निर्देशक लामा सिनेमा ‘डोरी’ले कथावस्तु, अभिनय र प्राविधिक पक्षमा नवीनता ल्याउने दाबी गर्छन् । दिनेश भट्टराई निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता राज थापा हुन् । सिनेमामा स्क्रिप्ट डाक्टर मनोज पण्डित, मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, संगीत निर्देशक राजनराज सिवाकोटी, सम्पादक मिलन श्रेष्ठ, रङ्ग संयोजक रेनीश फागो रहेका छन् ।