चलचित्र ‘कार्साङ्ग’ को बुकिङ्ग र सुरुवाती दिनको व्यापार खासै उत्साहजनक रहेको थिएन । शेर्पा संस्कृतिमा आधारित रहेर निर्माण गरिएको चलचित्रमा दयाहाङ राइ, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ्ग जस्ता चर्चित कलाकारको अभिनय रहेको छ।चलचित्रको डूवर सेल राम्रो देखिएको छ। चलचित्रले ६ दिनमा कलेक्सन १ करोड ४५ लाख कलेक्सन गरेको निर्माण टिमले जानकारी दिएको छ।यम शेर्पाको लेखन र निर्देशनमा तयार भएको चलचित्रमासिर्जना निङलेखु, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डित लगायत कलाकारको अभिनय रहेको छ । यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । चलचित्र पौष २६ गतेबाट रिलिज भएको थियो l