निर्देशक नरेशकुमार केसी नयाँ फिल्म ‘ल्हो-छाम्पा’बाट ६ वर्षपछि निर्देशनमा फर्किने भएका छन् । बिहीबार थिम पोस्टर सार्वजनिक गर्दै उक्त फिल्मको घोषणा गरिएको हो । फिल्मलाई नक्षत्र लाइभ म्युजिकका लागि अर्जुन सुवेदीले निर्माण गर्नेछन् । निर्देशक केसीले मान्छेको स्मृतिदंश र पहिचानबिनाको अवस्थालाई फिल्मले प्रस्तुत गर्ने बताए । ‘मानिस जहाँ गए पनि उसलाई उसको स्मृतिले सधैं पछ्याइरहन्छ । ‘ल्हो-छाम्पा’मा सामीप्यराज तिमल्सेनाको पटकथा र अर्जुनको पोखरेलको संगीत रहनेछ । संगीतकार पोखरेलले फिल्ममा कथासँग जोडिएर आउने गरी गीत तयार गरिने जानकारी दिए । भुटानबाट नेपालीभाषी लखेटिँदाको अवस्था, शरणार्थी शिविरका पीडा र तेस्रो देश पुनर्वासमा जानुअघि शिविरमा देखिएका द्वन्द्वलाई फिल्मले प्रस्तुत गर्नेछ । फिल्ममा कलाकारहरु भने तय भएका छैनन् ।‘डाइङ क्यान्डल’ र ‘रोमियो एन्ड मुना’ पछे उनी ६ बर्ष पछी निर्देशनमा कम्ब्याक गर्न लागेका हुन् l