रोहित अधिकारीको निर्माणमा तयार हुन लागेको चलचित्र ‘माइतीघर’मा कलाकारहरुको लाइनअप रोचक भएको छ। केदार घिमिरे र प्रकाश सपुत अनुबन्धित भैसकेको चलचित्रमा धिरज मगरको इन्ट्री भएको छ । निर्माता रोहित अधिकारी र नायक धिरज मगरसँग कागजी संझौता भएको हो । चलचित्रमा नायिका उपासना सिंह ठकुरी र नव–नायिका दिकिला शेर्पा पनि अनुवन्धित भइसकेका छन् भने वुद्दि तामाङको पनि मुख्य भूमिका रहनेछ ।आउँदो बर्षको दशैंको फूलपातिबाट रिलिज गर्ने घोषणा गरिएको चलचित्रको छायांकन केही महिनामा सुरु गर्ने तयारी निर्माणपक्षले गरेको छ । मिलन तामाङको निर्देशनमा तयार हुन लागेको यो चलचित्रमा रविन शेरचन र धिरज तामाङको लगानी रहनेछ। चलचित्रका कार्यकारी निर्माता ईश्वरी श्रेष्ठ हुन् ।