अभिनेता आर्यन सिग्देल नया फिल्ममा अनुबन्धित भएका छन्। ‘महाभोज’ को छायांकनको तयारीमा रहेका सिग्देल नयाँ चलचित्र ‘माग्ने राजा’ मा अनुबन्धित भएका छन्निर्देशक ऋषि लामिछानेले दिएको जानकारी अनुसार चलचित्रको महत्त्वपूर्ण भूमिकाका लागि आर्यनलाई अनुबन्ध गरिएको हो । महाभोजको छायांकन सम्पन्न भएपछी माग्ने राजालाई आर्यनले समय दिनेछन्।सामीप्य राज तिमिल्सनाको पटकथा संवादमा रहने चलचित्रमा केदार घिमिरे (माग्ने बुढा) शीर्ष भूमिकामा देखिनेछन् । चलचित्रमा वर्षा सिवाकोटी, मिस पवि, शिशिर बाङदेल लगायतका कलाकार फाइनल भइसकेका छन् । चलचित्रलाई मुनाल घिमिरेले निर्माण गर्न लागेका हुन ।