गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘लुट २’ पनि पाइरेसीको चपेटमा परेको छ । निश्चल बस्नेत निर्देशित चलचित्र मङ्गलवार लिक भएको हो । सामाजिक सञ्जाल फेसबुकमा ‘वाच भिडियो अनलाइन’ नामक पेजमा लुट २ अपलोड गरिएको छ । जसमा पार्ट १ र पार्ट २ गरी अपलोड गरिएको छ । चलचित्र नोबेम्बर ७ मा रातीको १० बजेर ५८ मिनेटमा अपलोड गरिएको देखिन्छ । चलचित्रको डिजिटल ।

अन्तर्राष्ट्रिय राइटस् लिएको ‘हाइलाइट्स नेपाल’को वाटरमार्क सहित अपलोड गरिएको भिडियोलाई करिब ५० हजार बढीले हेरिसकेका छन् । व्यापारिक हिसाबले सफल भएका चलचित्र पाइरेसी भएको यो पहिलो पल्ट भने होइन । यस अघि पशुपति प्रसाद, छक्का पञ्जा लगायतका केही चलचित्रहरु पनि पाइरेसीको मारमा परेका छन् ।