आई र यू इन्टरटेनमेन्ट र आगन इभेन्ट्सको संयुक्त प्रस्तुतीमा ‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ नामक शो हुने भएको छ । हाँस्छ अनि नाच्छ क्यानडा’ मा कमेडियन सुमन कार्की, कैलाश कार्की, भरतमणि पौडेलको हाँस्यव्यङ्ग्य र मोडल करिश्मा ढकालको नृत्य हेर्न पाउने बताएका छन् । उनका अनुसार क्यानडाको टोरोन्टो, लन्डन, ओटावा, क्यालगरी, भ्यानकुभर लगायतका सहरमा कार्यक्रम हुनेछ ।यो कार्यक्रम आगामी जुन र जुलाई महिनामा क्यानडाको विभिन्न सहरमा हुने आयोजक मध्येका एक जीआर भण्डारीले जानकारी दिए । उ नले भने,‘हामीले विभिन्न कार्यक्रम पश्चात यो शो भव्य रुपमा गर्न लागेका छौँ । यहाँका नेपालीले डिमाण्ड गर्नुभएका कै कारण उहाँहरूलाई लिएर शो गर्न लागेका हौँ । यो शोमा हाँस्ने र नाच्ने हो ।’