लोकप्रिय गायक तथा गीतकार सुशान्त केसीको भकतपुरमा कन्सर्ट आयोजना हुने भएको छ lआगामी फागुन २४ गते शनिबार भक्तपुरमा उनी गुञ्जिन लागेका हुन्।कन्सर्ट एस केसी इंक र द रोयल नेपाल इभेन्ट्सको संयुक्त आयोजनामा हुन लागेको हो। आयोजकले कन्सर्टमा करिब १५ हजार दर्शक सहभागी हुने अपेक्षा गरेका छन्।बार्दली, सारंगी, साथी, आमाजस्ता हिट गीत दिएका सुशान्तले कन्सर्टमा पुराना हिट गीतसँगै नयाँ गीत पनि प्रस्तुत गर्नेछन्। कन्सर्टबारे जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सुुशान्तले लामो समयपछि काठमाडौं उपत्यकामा हुन लागेको कन्सर्टलाई लिएर उत्साहित रहेको बताए।