नाजिर हुसेन र सृष्टि श्रेष्ठ प्रमुख भूमिकामा रहेको चलचित्र ‘केटी हराएको सूचना’ प्रदर्शनमा आएको छ । दिपेन्द्र गौचनको निर्देशनमा तयार चलचित्रलाई प्रीमिएरमा सकारात्मक प्रतिक्रिया मिलेको थियो  डेटिङ साइटमा चिनजान भएर भेट भएपछि दुई फरक समुदायका युवा- युवतीको जीवनमा आउने उतारचढावको वरिपरि चलचित्र घुमेको छ। जनकपुरको सेटिङमा खिचिएको चलचित्रले तराईको जीवनशैली र मिथिला संस्कृतिलाई प्रस्तुत गरेको छ। अधिकांश दृश्यमा नाजिर र सृष्टिलाई प्रस्तुत गरिएको छ ।दीपेन्द्र गौचनको निर्देशन, लेखन तथा निर्माणमा तयार भएको चलचित्रमा नाजिर र सृष्टिसहित सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, अर्जुन पोखरेल, ओम प्रकाश कर्णलगायतको अभिनय छ । चलचित्रका कार्यकारी निर्माता नकिम उद्दिन हुन् ।