बोक्सी प्रथाको कथालाई लिएर चलचित्र ‘अग्निदहन’ तयार भएको छ । बुधवार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रम बिच चलचित्रको पोस्टर र टीजर सार्वजनिक गरिएको छ ।

विद्यमान रहेको बोक्सी प्रथाको कथालाई लिएर मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको सहकार्यमा बनेको चलचित्रले यो प्रथा निर्मुल गर्न सहयोग  गर्न निर्माण पक्षले बताए । चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् ।

कोविन्द शरण उपाध्यायको प्रस्तुति रहेको चलचित्रको कथा, पटकथा र संवाद लोकमणि पौडेलको रहेको छ भने परिकल्पना कोविद शरण उपाध्यायको हो । चलचित्रमा अनुपमा भण्डारी, प्रमिला तुलाचन, माउत्से गुरुड, तुलसा क्षेत्री, प्रकाश घिमिरे लगायतका कलाकारहरूको अभिनय रहेको छ ।