निर्देशक तुलसी घिमिरेको ‘पहाड’ मा नायिका प्रियंका कार्की अनुबन्धित भएकी छिन् । यस अघी चलचित्रमा विपिन कार्की र पञ्चमी घिमिरे प्रमुख भूमिकामा रहेका थिय । पन्चमी निर्देशक घिमिरेकी कान्छी छोरी हुन् र यो उनको डेव्यु चलचित्र हो। चलचित्रमा मदनकृष्ण श्रेष्ठ, सुनील थापा,अरुण क्षेत्री लगायतका कलाकारको अभिनय रहनेछ। सुरुवातमा चलचित्रमा अभिनेत्री बर्षा राउत रहने चर्चा रहेको थियो । तर अव यो चलचित्रमा बर्षा नरहने र प्रियंका भित्रिएको बताइएको छ। चलचित्र ‘पहाड’मा पञ्चमीले अभिनेता अरुण क्षेत्रीसँग जोडी बाँध्नेछिन्।भाग्यरत्न फिल्मको प्रस्तुतीमा बनेको चलचित्रमा ओजश्वी केसी निर्माताको रुपमा रहेका छन् भने रिम्पोछे लामा थेङ र सुरेश लामा थेङ सह-निर्माताको रुपमा रहेका छन्। तुलसी घिमिरेकै लेखन रहेको चलचित्रको क्रियटिभ निर्देशक भारती घिमिरे हुन्। चलचित्रमा रञ्जित गजमेरको संगीत रहनेछ । गोरखा, काठमाडौं र मुम्बईमा खिचिने चलचित्रको डिओपी प्रमोद प्रधान हुन