नेपाली चलचित्र ‘माया प्रीति’ घोषणा गरिएको छ । रोमान्टिक कमेडी श्रेणीमा आधारित यो चलचित्रलाई अवि श्रेष्ठले निर्देशन गर्नेछन् । चलचित्रका कार्यकारी निर्मातामा अभिनेत्री निशा अधिकारी र सन्तोष कुमार कार्की छन्।  यस चलचित्रको लागि शो का प्रस्तोताहरू अभी श्रेष्ठ र निशा अधिकारी, सहायक कार्यक्रम निर्माता सन्तोष कुमार कार्की र क्रिएटिभ निर्देशक प्रणव जोशी पुनः जुटेका हुन् ।प्रणव जोशी चर्चित चलचित्र ‘रेशम फिलिली’का निर्देशक हुन्, जो यस पटक ‘माया प्रीति’ का क्रिएटिभ निर्देशकका रूपमा रहनेछन् । अभिनय यात्रामा थुप्रै हिट चलचित्रमा काम गरेकी अभिनेत्री निशा अधिकारी यस चलचित्रमा कार्यकारी निर्माताको रूपमा रहेकी छन् । त्यस्तै, कार्यकारी निर्माताको रूपमा नै फोटोग्राफी र अभिनयको क्षेत्रमा परिचित सन्तोष कुमार कार्की रहेका छन् । ‘माया प्रीति’ मार्फत चलचित्र निर्माण सुरु गरेको वन टू थ्री स्टुडियोजले आगामी दिनमा लगातार अन्य चलचित्र निर्माण गर्ने तयारी गरिरहेको छ ।