रोहित अधिकारीको निर्माणमा तयार हुने चलचित्र ‘माइतिघर’ को कलाकार लाइनअप पूरा भएको छ। दिकिला शेर्पा चलचित्रबाट बाहिरिएकी छिन् भने श्यामश्री शेर्पा चलचित्रमा अनुबन्धित भएकी छिन्।चलचित्रमा प्रकाश सपुत, केदार घिमिरे माग्ने बुढा, धिरज मगर, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, माओत्से गुरुङ, शिशिर बाङ्देल लगायतको अभिनय रहनेछ। रविन शेरचन र धीरज तामाङ रहेको चलचित्रलाई मिलन तामाङ्गले निर्देशन गर्दैछन्।