आगामी चैत १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘डोरी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । यसअघि सार्वजनिक फर्स्टलुक पोस्टरमा केन्द्रमा अञ्जना छिन्, जसले फिल्ममा उनको चरित्रको महत्वलाई दर्शाउँछ । उनी पारम्परिक पोसाकमा हँसिलो भावमा देखिएकी छिन् ।फिल्मका लेखक तथा निर्देशक अरुण लामा हुन् । ‘डोरी’ नामले बाँधिएको सम्बन्ध र जिम्मेवारीलाई प्रस्तुत गर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘फिल्मका पात्रहरू आ-आफ्ना तरिकाले बाँधिएका छन् । कोही जिम्मेवारीको डोरीले, कोही समस्याको डोरीले र कोही मायाको डोरीले । यसले वास्तविकताको खोज र रहस्यलाई उजागर गर्दछ ।’फिल्मको निर्मातामा दिनेश भट्टराई छन् भने कार्यकारी निर्माताको जिम्मेवारीमा राज थापा सम्हालेका छन् । मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको ‘डोरी’मा मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, सङ्गीत राजनराज सिवाकोटी, कला निर्देशक रोशन दिवाना, स्थल ध्वनि रेकर्डिस्ट किशोर खनाल, सम्पादक मिलन श्रेष्ठ तथा रङ्ग संयोजक रेनीश फागो छन् ।