फिल्म ‘दुःखी आत्मा’को पहिलो गीत ‘जुनीजुनी भरिलाई’ सार्वजनिक गरिएको छ ।  क्षेत्री र मुना ठटालको पार्श्व गायन रहेको गीतमा इश्वर कार्कीको शब्द रचना तथा संगीत छ । उदयराज पौडेलले एरेञ्ज गरेका हुन् ।सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मा चित्रित छन् ।  कोरियोग्राफर रामजी लामिछाने हुन् ।

 

फिल्मको लेखन तथा निर्देशन दीपेन्द्र लामाले गरेका हुन् । यो उनको छैठौँ निर्देशित फिल्म हो । यसअघि उनले ‘घामपानी’, ‘गोपी’, ‘दुई नम्बरी’, ‘छ माया छपक्कै’ र ‘नाङ्गो गाउँ’ निर्देशन गरिसकेका छन् । ‘दुःखी आत्मा’लाई हिमाल कडरियाले निर्माण गरेका हुन् । यसमा दयाहाङ र आँचलसहित अनुप विक्रम शाही, वुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, अशान्त शर्मा, लोकेन्द्र लेखक, आरती आचार्य लगायतको अभिनय छ । सुदीप बराल कार्यकारी निर्माता रहेको फिल्ममा आलोक शुक्लाको छायांकन छ भने निमेष श्रेष्ठको सम्पादन छ । फिल्मलाई ‘एडल्ट ड्रामा’ भनिएको छ ।