चलचित्र ‘फेरी रेशम फिलिली’ को नयाँ पोष्टर रिलिज गरिएको छ । चलचित्रको पहिलो गीत ‘फेरि जालमा’ रिलिजको पूर्वसन्ध्यामा निर्माण टिमले पोष्टर सार्वजनिक गरेको हो।सार्वजनिक पोस्टरमा चलचित्रका तीन प्रमुख कलाकार विनय श्रेष्ठ, कामेश्वर चौरसिया तथा सुपुष्पा भट्टलाई प्रस्तुत गरिएको छ । पोस्टरमा विनयलाई भूँईमा पछारिएको अवस्थामा हातमा पासपोर्ट देखाइरहेको देख्न सकिन्छ भने उनीमाथी अभिनेत्री सुपुष्पाले आक्रोशपूर्ण शैलीमा बन्दुक ताकिरहेको र कामेश्वरले दुई हात जोडेर माफी मागिरहेको देख्न सकिन्छ ।  निरज महर्जनले निर्देशन गरेको चलचित्रमा विनय, सुपुष्प, कामेश्वर, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ । यो चलचित्रमा ‘रेशम फिलिली’का निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेकको अधिकांश टिम पुरानै रहेको छ ।सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको चलचित्रमा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छन् ।