दीपक रौनियार निर्देशित फिल्म 'हाइवे' युट्युबमा रिलिज भएको छ। १२ वर्षपछि बाँसुरी फिल्म्सको युट्युब च्यानलमा फिल्म सार्वजनिक गरिएको 'हाइवे' मा दयाहाङ राई, आशा मगराती, सृष्टि घिमिरे, ऋचा शर्मा, कार्म, राजन खतिवडा, रविन्द्र मिश्र, निर्मला राई, इलम दीक्षित, सौगात मल्ल, भूमिका श्रेष्ठ, विनय श्रेष्ठ र सन्दीप क्षेत्रीको अभिनय छ। ६२ औं बर्लिन फिल्म फेस्टिभलमा वल्र्ड प्रिमियर भएको फिल्म २०६९ सालमा नेपाली हलमा रिलिज भएको थियो।