दक्षिण भारतीय र हिन्दी दुवै फिल्ममा आफ्नो अभिनय देखाएकी पूजा हेगडेलाई दर्शकले खुब रूचाउँछन्।यसैबीच उनी नयाँ फिल्ममा अनुबन्धित भएको खबर बाहिरिएको छ। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनी हरर फिल्म 'कंचना ४' मा देखिन लागेकी हुन्। स्क्रिप्ट सुन्ने बित्तिकै पूजाले फिल्म स्वीकार गरेकी थिइन्। यस फिल्ममा अभिनेत्री नोरा फतेहीको पनि अभिनय रहने बताइएको छ। फिल्मलाई मनीष शाहले निर्देशन गर्नेछन्।