रिलिज भएर हलबाट उत्रिदा सम्म फिल्म ‘एक्टर’को कमाइ दुई दीनमा २८००० मात्र भएको छ lचलचित्र विकास बोर्डको बक्स अफिस डेटाअनुसार मदन घिमिरे निर्देशित फिल्मले २ दिनमा २८ हजार ८८५ रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । माघ ४ गतेदेखि रिलिज भएको फिल्म माघ ६ गते हलबाट उत्रिएको बोर्डको तथ्याङ्कमा उल्लेख छ । अन्तिम पटक माघ ६ गते बिहान ११ बजेर १५ मिनेटमा बागबजारको सिटीम्याक्स हलमा यो फिल्मको प्रदर्शन भएको थियो ।