फिल्म ‘केटी हराएको सूचना’लाई महिला उद्यमीले हेरेका छन् । जमलस्थित विश्वज्योति सिनेप्लेक्समा शो बुक गरेर महिला उद्यमी संघका २ सय सदस्यले फिल्म हेरेका हुन् । स्क्रिनिङको क्रममा निर्देशक दीपेन्द्र गौचन र अभिनेत्री सृष्टि श्रेष्ठ उपस्थित थिए । मधेशका महिलाको जीवन, संघर्ष र कथालाई फिल्मले रोचक चित्रण गरेको उनीहरूले जनाए । फिल्ममा गौचनको पटकथा लेखन र निर्देशन छ ।नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहरदास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सहकार्यकारी निर्माताको रुपमा छन् ।फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गरेका छन् ।