बलिउड अभिनेता अमिर खानको आगामी फिल्म ‘सितारे जमिन पर’ आगामी क्रिश्मसमा आउने भएको छ lयो प्रतीक्षित फिल्म सन् २०२५ को क्रिसमसको अवसरमा रिलिज हुने उनले बताए । आमिरले केही दिनअघि गुजरातको स्ट्याच्यु अफ युनिटीमा गणतन्त्र दिवस २०२५ समारोहमा भाग लिएका थिए, जहाँ उनले आफ्ना आगामी फिल्मबारे कुरा गरे ।मिडियाले उनलाई कुनै फिल्म गुजरातमा छायांकन हुन लागेको हो भनेर प्रश्न सोधेका थिए । जवाफमा अभिनेताले ‘सितारे जमिन पर’को क्लाइमेक्सलार्ई गुजरातको वडोदरामा छायांकन गरिएको बताए ।फिल्मको छायांकन सुरु भइसकेको छ । आमिर यस फिल्मका निर्माता पनि हुन् । जसमा जेनेलिया डिसुजा पनि देख्न सकिन्छ । मिडिया रिपोर्टका अनुसार ‘अल्फा’ क्रिसमसको दिन २५ डिसेम्बरमा रिलिज हुँदैछ । शिव रावलीको निर्देशनमा बनेको यो फिल्ममा आलिया भट्ट, शर्वरी, अनिल कपुर र बबी देओलको अभिनय छ ।