फिल्म "लाज शरणम" को टिजर रिलिज गरिएको छ l महाशिवरात्रीको अवसरमा आगामी फागुन १४ गते रिलिज हुने फिल्म कुमार कट्टेल ‘जिग्री ब्रो’ले निर्देशन गरेका छन्।
विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बु, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्यलगायतका कलाकारले अभिनय गरेको फिल्म जेपीटी क्रियसनको ब्यानरमा नवीन श्रेष्ठले निर्माण गरेको हो। फिल्ममा राम नरेश शाह र सृजना खड्का सह–निर्माता रहेका छन्।