‘एक्टर : टेक वन’ लाई रिलिजको बाटो खुलेको छ l ‘एक्टर’ फिल्मका निर्माताबीच नामलाई लिएर चलिरहेको विवाद टुंग्याउने सहमति भए सँगै फिल्मको रिलिज बाटो खुलेको हो । विहीबार दिउँसो आफूहरूबीच आन्तरिक सहमति जुटेको ‘एक्टर ः टेक वन’का निर्माता मोती कार्कीले बताए ।दुबै फिल्मका निर्माताबीच लिखित समझदारी भएको छ । सहमतिपछि दुबै निर्माताले वक्तव्य जारी गर्दै आजैको मितिदेखि फिल्मको प्रदर्शनमा सघाउन चलचित्र विकास बोर्ड र देशभरका हललाई आग्रह गरेका छन् । ‘आजैदेखि हल खुलाउने हाम्रो प्रयास हुनेछ’ कार्कीले भने ।