चलचित्र ‘फेरी रेशम फिलिली’ को गीत सार्वजनिक गरिएको छl । चलचित्रको पहिलो गीत ‘फेरि जालमा’ पोष्टर बोलको गीतमा कालेए प्रशाद बास्कोटा र सोमिया बराइलीको आवाज समावेश छ l कालीकै कम्पोज रहेको गीतमा मानसको रचना रहेको छl
भिडियोमा विनय र सुपुष्पा रोमान्टिक अवतारमा रहेका छन् l निरज महर्जनले निर्देशन गरेको चलचित्रमा विनय, सुपुष्प, कामेश्वर, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ । यो चलचित्रमा ‘रेशम फिलिली’का निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेकको अधिकांश टिम पुरानै रहेको छ ।सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको चलचित्रमा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छन् ।