चलचित्र ‘रंगी’ को ट्रेलर सार्वजनिक भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रको ट्रेलरले बाबु छोरीको प्रेमलाई दर्शाएको छ । सलोनको विवाह अनि छोरीको जन्मबाट सुरुवात ट्रेलरमा छोरी आयुषी ढकालका लागि बाबु सलोन बस्नेतको प्रेम, संघर्ष देखाइएको छ ।
सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ । सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको चलचित्र सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको छ।फागुन २ गतेबाट चलचित्र रिलिजको तयारीमा रहेको छ ।