चलचित्र ‘दुःखी आत्मा’को ट्रेलर निर्माणपक्षले सार्वजनिक गरेको छ । चलचित्र रिलिजको १० दिन अगाडि मात्र ट्रेलर सार्वजनिक गरिएको हो ।दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा हिमाल कडरियाको लगानी छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको चलचित्रमा आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।
रामजी लामिछानेको कोरियोग्राफी रहेको यो चलचित्रमा श्रवण मुकारुङका १० कविता समावेश गरिएको छ । चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर लगायतका कलाकारहरुको अभिनय छ ।क्लर्क वर्क क्रियशनको व्यानरमा निर्माण भएको यो चलचित्र फागुनको २ गते प्रेम दिवसको अवसर पारेर रिलिजमा आउँदैछ । सार्वजनिक ट्रेलरमा दया र आँचलको प्रेम, नोकझोक र प्रेमभाव समेटिएको छ ।