चलचित्र ‘घरज्वाइँ’ निर्माण टीमले नयाँ चलचित्र निर्माण घोषणा गरेको छ । बसन्त पञ्चमी अर्थात् सरस्वति पूजाको अवसर पारे जनक घर्ती मगरको लगानी र अनिल बुढा मगरको निर्देशन रहने चलचित्र ‘मितज्यू’ घोषणा गरिएको हो । सोमबार सार्वजनिक चलचित्रको पेन्टिङ्ग थिम पोस्टरमा दुई पात्रलाई एक सामान बोकन भ्यान अगाडी हातको पञ्जा जुधाई रहेको अवस्थामा प्रस्तुत गरिएको छ । जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा चलचित्र निर्माण हुनेछ । अर्को वर्षको छायांकन हुने चलचित्रमा को-को कलाकार रहने भन्ने निर्माण टिमले सार्वजनिक गरेको छैन् । केही दिनपछि बाट चलचित्रको कास्ट एण्ड क्रिउको बारेमा जानकारी दिँदै जाने निर्माता जनक घर्ती मगर बताउँछन् ।