‘वरिष्ठ बलराम’ मा अभिनेता दयाह्याङ राई र बिजय बराल अनुबन्धित भएका छ्न् । सुरेन्द्र पौडेलको निर्देशन रहने फिल्मको आगामि फागुनबात फ्लोरमा जाने छ । पहिला अर्कै एक निर्माताले यो फिल्म बनाउने तयारी गर्दा विजय थिएनन् । उनको ठाउँमा खगेन्द्र लामिछाने थिए भने मुख्य अभिनेत्रीमा दिव्या रायमाझी निश्चित थिइन् । अब फिल्ममा खगेन्द्र र दिव्या दुवै छैनन् lसामाजिक कथावस्तुमा बन्न लागेको फिल्ममा दयाहाङ र विजयबाहेक अरु कलाकार निश्चित नभएको निर्देशक पौडेलले बताए । उनका अनुसार केही दिनमा टिजरमार्फत फिल्मका बाँकी कलाकारको बारेमा जानकारी गराइने छ। फिल्म ‘आभास’बाट सुरेन्द्रले निर्देशनमा डेब्यु गरेका थिए । यसपछि अनमोल केसीलाई एक्सन अवतारमा प्रस्तुत गर्दै ‘कृ’ बनाएका उनको पछिल्लो निर्देशित फिल्म ‘बाबरी’ हो । अघिल्ला तीन फिल्मभन्दा ‘वरिष्ठ बलराम’ उत्कृष्ट बनाउने उनको अठोट छ । फिल्मको निर्माण वृषभ सिद्धी इन्टरटेनमेन्टले गर्नेछ ।