फिल्म  ‘मनको बाँध’ बन्ने भएको  छ l फिल्मको निर्देशन युवराज कार्कीले गर्नेछन् । उनी प्रोडक्सन डिजाइनरको रुपमा परिचित छन् । यही फिल्मबाट उनले निर्देशनमा डेब्यु गर्न लागेका हुन् । फिल्मको निर्माणमा श्रीत फिल्म्स एन्ड इन्टरटेनमेन्ट तथा नटराज क्रियसनले सहकार्य गरेका छन् । नेपाल चलचित्र प्राविधिक सङ्घका महासचिव समेत रहेका युवराज अनुभवी प्रोडक्सन डिजाइनरका रूपमा परिचित छन् । ‘जात्रा’, ‘शत्रु गते’, ‘दाल भात तरकारी’ र ‘द सिक्रेट अफ राधा’ जस्ता फिल्ममा प्रोडक्सन डिजाइनको जिम्मेवारी सम्हालेका उनी दुई वर्ष अगाडि रिलिज भएको फिल्म ‘के घर के डेरा’मा कार्यकारी निर्माताको भूमिकामा थिए, जसको सिक्वेल हाल पोस्ट-प्रोडक्सनमा छ ।अहिलेसम्म कलाकार तथा प्राविधिकहरूको नाम भने खुलाइएको छैन l