फिल्म ‘रंगी’ को नयाँ गीत सार्वजनिक भएको छ। आमेश भण्डारी र समिक्षा अधिकारीको स्वरमा फिल्मको टाइटल गीत रिलिज भएको हो। गीतमा आमेशको नै शब्द र संगीत रहेको छ। गीतको भिडियोमा सलोन बस्नेत र मलिका महत फिचर रहेका छन्। भिडियोमा चिया बेच्दै गरेकी मलिका महत देखि सलोन संगको प्रेम र उनको गर्भवती भएको समयसम्म देखाइएको छ।

सान्भी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्म सलोन बस्नेतको पहिलो प्रस्तुती हो। फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, आयुशी ढकाल, दिलिप रायमाझी, सुमिन गुरुङ्ग लगायतका कलाकारको अभिनय रहेको छ। सुरेश न्यौपानेको निर्देशनमा तयार भएको फिल्ममा करिश्मा केसी बस्नेत, सक्षम सुवेदी, अनिश गौतम निर्माताको रुपमा रहेका छन्।फागुन २ गतेबाट फिल्म रिलिज हुने छ l