फिल्म ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी’ (ए सानु) रिलिज भएको छ ।सुशान्त गौतमको शब्द रचना तथा संगीत रहेको गीतमा इन्द्रकला राईको स्वर छ । गीतमा फिल्मल्का मुख्य कलाकार जुनिम गहतराज र सरिना मगर फिचर्ड  छन् । जुनिम गहतराजको डेव्यु निर्देशनमा निर्माण भएको फिल्ममा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ । 

 

सिंहदेवी प्रोडक्सनले भिजुयल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण भएको फिल्मका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । हरि घले लामाले खिचेको फिल्ममा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ । सिनेमाको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।महाशिवरात्रीको पूर्वसन्ध्या पारेर आगामी फागुन ९ गतेबाट फिल्म रिलिज हुँदै छ l