‘पुष्पा २’ फेम्ड साउथ स्टार जगपति नेपाल आएका छन् l  आगामी फिल्म ‘मिराई’को छायांकनकोप लागी उनी नेपाल आएका हुन् l  केही दिनको नेपाल बसाइमा जगपतिले फिल्म छायांकनसँगै नजिकका पर्यटकीय क्षेत्रको घुमघाम गर्नेछन् । जगपति कीर्तिपुरमा भैरहेको छायांकन सेटमा सहभागि भएको निर्माण नियन्त्रक पुष्कर लामाले जानकारी दिए ।उनले भारतका तामिल, कन्नडा, मलायलम र हिन्दी भाषी फिल्ममा चर्चित जगपतिले अहिले नेपालमा समेत चलिरहेको ‘पुष्पा २’मा मुख्यमन्त्रीको भूमिका निर्वाह गरेका छन् ।यो फिल्मको दोस्रो चरणको छायांकन काठमाडौं, भक्तपुर, कीर्तिपुर, दोलखा, पोखरा र मुस्ताङमा हुनेछ ।