अभिनेत्री दिव्या रायमाझीले नयाँ फिल्म ‘माया प्रीति’मा मुख्य भूमिका निभाउने भएकी छन् । बुधबार फिल्मका कार्यकारी निर्माता सन्तोष कुमार कार्की र क्रिएटिभ निर्देशक प्रणव जोशीले उनीसँग लिखित सम्झौता गरेका हुन् । रोमान्टिक-कमेडी जनरामा बन्न लागेको फिल्मलाई अवि श्रेष्ठले निर्देशन गर्नेछन् । फिल्मको कार्यकारी निर्मातामा सन्तोषसहित अभिनेत्री निशा अधिकारी पनि छिन् । वन टू थ्री स्टुडियोजको ब्यानरमा बन्न लागेको ‘माया प्रीति’को निर्माण समूहले यसअघि टिभी शो ‘प्ले इट अन’मा काम गरेको थियो । क्रिएटिभ निर्देशक प्रणव जोशी भने फिल्म ‘रेशम फिलिली’का निर्देशक हुन् । चाँडै छायांकन सुरु गर्न लागिएको फिल्मको कलाकार म्यानेजमेन्ट लिभेन्ट्स् स्टुडियोले गर्नेछ l