निर्देशक मिलन चाम्सले फिल्म ‘सुम्निमा’ बनाउने भएका छन् । एक पोस्टरमार्फत् मिलनले उक्त फिल्मको निर्माण घोषणा गरेका हुन्न । उनका अनुसार यो विशुद्ध प्रेमकथामा आधारित भएर बन्नेछ । निर्देशनको हिसाबले यो उनको ११औं फिल्म हुनेछ ।गोर्खा फिल्मस् र चाम्स इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतिमा बन्न लागेको फिल्ममा राजीव थापाको लेखन रहेको छ । सन् २०२५ को अगस्टबाट छायांकन सुरु हुने फिल्मलाई लण्डन र नेपालमा खिचिनेछ । दुई देशबीचको प्रेमलाई फिल्ममा उतारिने निर्देशक चाम्सले बताए । फिल्मका लागि कलाकार र प्राविधिक छनोट हुन बाँकी छन् ।उनको निर्देशनमा तयार भएको नयाँ फिल्म ‘अञ्जिला’ आगामी फागुन २९ गते प्रदर्शनमा आउने तयारीमा छ । यो फिल्म रिलिजपछि उनले ‘सुम्निमा’को छायांकन सुरु गर्नेछन् l