आज शुक्रबारबाट रिलिजमा तीन नेपाली चलचित्र ‘ममी’, ‘जुना’ र ‘सारंग’ तीन  रिलिज भएका छन्।‘ममी’ साइकोलोजिकल- थ्रिलरमा हरर मिसिएको चलचित्र हो। समर निरौलाले निर्देशन गरेको चलचित्रमा  प्रियंका कार्की, सुलक्षण भारती, दीया मास्के, समीप निरौला, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्ट, घनश्याम जोशीलगायतको अभिनय रहेको छ । सेन्सर बोर्डबाट ‘एडल्ट’ सर्टिफिकेट पाएको चलचित्र साइकोलोजिकल- थ्रिलर जनरा रुचाउनेका लागी आकर्षण बन्ने देखिन्छ।नारि बेदना र पिडा मिसिएको बाल विवाह र अनमेल विवहाको कथा बोकेको चलचित्र ‘जुना: एक व्यथा’ ले बिशेष शो हरुमा दर्शक भक्कानिएर रुने देखि बेहोस हुनेसम्म भएका थिए। मल्टीप्लेक्समा आकर्षक बुकिङ्ग देखिएको चलचित्र पनि दर्शकको राम्रो साथ पाउने अपेक्षा गरिएको छ । अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, खगेन्द्र न्यौपाने, कमल बोहोरालगायतको अभिनय छ रहेको चलचित्रलाई जीवन सेञ्चुरीले निर्देशन गरेका छन्।ऋचा शर्मा, आदित्य कार्की, सम्राट थापा, उत्पल झा, सुरज तमु, समीरमणि दीक्षित, मणि के राई लगायतको अभिनय रहेको चलचित्र ‘सारंग’ लाई प्रशान्त तामाङ्गले निर्देशन गरेका छन्। यो चलचित्रले पारिवारिक कलहले बच्चामा पारेको असर र दुई फरक आर्थिक अवस्थाका बच्चाको मित्रताको कथा बोलेको छ।