हरिवंश आचार्य स्टारर फिल्म ‘हरिबहादुरको जुत्ता’को प्रदर्शन मिति तय भएको छ । फिल्म आगामी दशैंको फूलपातिमा आउने भएको छ lनिर्माता सरोज ओलीले वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टसँगको सहमतिमा फिल्म दशैंमा ल्याइने तय भएको जनाए । दीपेन्द्र के खनालले निर्देशन गरिरहेको यो सोसल कमेडी ड्रामाको छायांकन हरिवंशको जन्मथलो काभ्रेको पनौती क्षेत्रमा भैरहेको छ ।फिल्ममा मुरलीधर प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, किरण केसीको पनि अभिनय छ ।’यसअघि दशैंमा रोहित अधिकारीको ‘माइतीघर’, परिच्छेद सेनको ‘महाराजधिराज’, षट्कोण आर्ट्सको अनटाइटल फिल्म र सुशिल पोखरेलको ‘परालको आगो’ले औपचारिकरुपमा प्रदर्शन मिति घोषणा गरेका छन् ।