संगीतकार खेम सेन्चुरीले नेपाली फिल्ममा डेब्यु गर्ने पक्का भएको छ ।  उनले आगामी फिल्म ‘ए मेरो हजुर ५’ साइन गरेका हुन् lनिर्माता कम्पनी सुहाना इन्टरटेनमेन्टका लागि निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापासँग उनले लिखित सहमति गरेका छन नेपाली l उनको पछिल्लो कम्पोज ‘म त ढलेँ ढलेँ’ यसवर्ष धेरै सुनिएको गीतमध्ये एक हो । शनिबार मात्रै उनको गीत ‘अरेली काँडैले मलाई च्वास्स’ पहिलोपटक १० करोड भ्यूज पाउने लोकगीत बनेको छ ।प्रसारण भैरहेको ‘द भ्वाइस अफ नेपाल’को कोचमा समेत उनी छन् ।