जापानपछि अब ‘एक्टर : टेक वन’ अष्ट्रेलियामा प्रदर्शन हुने भएको छ । फेब्रुअरी २१ (फागुन ८ गते)देखि अष्ट्रेलिया प्रदर्शन सुरु हुने वितरक कम्पनी इस्सा भाइब इभेन्टका राजजङ्ग क्षेत्रीले बताए । फेब्रुअरी २१ मा पहिलो प्रदर्शन सिड्नीमा हुनेछ भने क्यानवेरा लगायतका अन्य सहरहरूमा प्रदर्शन सुरु हुने उनले जानकारी दिए । उनका अनुसार केही शोका लागि बुकिङ खुला भइसकेको छ ।अष्ट्रेलिया रिलिजको लागि इस्सा भाइबले पार्टी टाइम नेपाल, सूरज बिष्ट र अजय राजवंशीसँग सहकार्य गरेको छ । अष्ट्रेलियापछि अमेरिका, क्यानडा, बेलायत, मध्यपूर्व, न्यूजिल्याण्ड, मलेसियामा पनि फिल्म प्रदर्शन हुने जनाइएको छ । अमेरिका प्रदर्शनमा प्रदीप स्वयं उपस्थित हुने तयारीमा छन् । प्राप्त जानकारी अनुसार फिल्मको अमेरिका र क्यानडाको राइट्स प्रदीप आफैंले लिएका हुन् ।राजन भुसालको डेब्यु निर्देशनमा तयार भएको फिल्ममा प्रदीपसहित आना शर्मा, दिव्या रायमाझी, राजजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौला लगायतको अभिनय छ । फिल्मको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । फिल्ममा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन् ।