एकता पौडेलको निर्देशनमा फिल्म ‘हर्ष’ बन्ने भएको छ । फिल्मको निर्माण घोषणा गर्दै मुख्य भूमिकामा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री आँचल शर्मालाई अनुबन्धित भएका छन । पहिलो पटक खगेन्द्र र आँचलले फिल्ममा सहकार्य गर्न लागेका हुन् । ई प्राइम मुभिजको ब्यानरमा बन्न लागेको फिल्मलाई प्रसन्न पौडेल र विकास पौडेलले निर्माण गर्नेछन् भने कार्यकारी निर्माताको रुपमा हिक्मत चोखल रहेका छन् । आलोक शुक्लाको सिनेम्याटोग्राफी रहने छ l फिल्ममा ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर छन् lफिल्मको घोषणा गर्दै एकताले भनेकी छन्, ‘जीवनभरि एउटा सपना पालेको थिएँ- फिल्म बनाउने । आज त्यो सपना साकार गर्ने यात्राको सुरुवात गर्दैछु । यो फिल्म मेरो लागि केवल एउटा प्रोजेक्ट होइन, यो मेरो भावना, मेहनत र सपना हो ।’