निर्देशक सविर श्रेष्ठले अभिनेत्रीद्दय पूजा र रेखा थापालाई लिएर नयाँ फिल्म बनाउने भएका छन् lसविरले आफ्नो करिअरमा सबैभन्दा बढी फिल्म नै रेखासँग बनाएका छन् । यसअघि उनीहरूबीच ‘काली’, ‘कसले चोर्यो मेरो मन’, ‘तथास्तु’, ‘हमेशा’, ‘राम प्यारी’मा सहकार्य भएको छ । कोभिडअघि उनीहरु एउटा फिल्म निर्माणको तयारीमा समेत थिए । जसमा रेखाको जोडी सौगात मल्लसँग बाँधिँदै थियो । तर, त्यो फिल्म नै बन्न सकेन । अब नयाँ फिल्ममा सविर र रेखाको सहकार्य हुँदैछ ।केही दिनअघि रेखाले पनि नयाँ फिल्मको स्क्रिप्टमा काम भइरहेको जनाएकी थिइन् । उनले भनेकी थिइन्, ‘यतिबेला स्क्रिप्टको काम भइरहेको छ । नहतारिकन एकदमै बबाल फिल्म लिएर आउँदैछु । यसैले स्क्रिप्टमा दिनरात मिहिनेत भइरहेको छ । ढिला आउला तर दामी फिल्म ल्याउन खोजेका छौं ।’ उनी पछिल्लो पटक ‘उपहार’मा देखिएकी थिइन्, जसमा शीर्ष भूमिकामा पूजा पनि थिइन् । फिल्मको नाम भने सार्वजनिक गरिएको छैन l