गायक रामकृष्ण ढकालले फिल्म निर्माण गर्ने भएका छन् l उनले निर्माण गर्न लागेको फिल्मको शीर्षक ‘मालती मंगले’ राखिएको छ । छोरी रानी ढकालको नाममा राखिएको रानी म्युजिक इन्टरनेसनल प्रालिको ब्यानरमा फिल्म बन्न लागेको हो ।प्रकाश पाण्डेले निर्देशन गर्ने यो फिल्मको बजेट १ करोड तय छ । उनको नयाँ फिल्म ‘मालती मंगले’को कास्ट एण्ड क्रूबारे विस्तृत बताइएको त छैन तर, यो निकै रोचक हुने पक्का छ । ‘मालती मंगले’ माधव घिमिरेले लेखेको चर्चित काव्य हो । तर, यसबारेमा फिल्म बन्न लागेको हो कि होइन, त्यो चाहिँ खुलेको छैन ।