फिल्म ‘पहाड’को छायांकन रोकिएको छ । मंगलबार गोरखा दरबारमा पूजाआजा गर्दै छायांकन सुरु भएको थियो । तर, निर्देशक तुलसी घिमिरे बिरामी भए पछे केही समयको लागी फिल्मको छायांकन स्थगीत गरिएको हो l  घिमिरेको यतिबेला चितवनको एक अस्पतालमा उपचार भैरहेको छ । उनी केही दिनदेखि अस्पतालमा भर्ना छन् । निर्माण नियन्त्रक अरुण रेग्मीका अनुसार घिमिरेको स्वास्थ्यमा सुधार आइरहेको र चाँडै डिस्चार्ज हुने पर्खाइमा आफूहरू रहेको बताए । ‘फिल्मको सुटिङ कहिलेदेखि सुरु हुन्छ भन्ने कुरा उहाँको डिस्चार्ज र स्वास्थ्य अवस्थामा भर पर्छ’ रेग्मीले भने ।चिसोको कारण निर्देशक घिमिरेको स्वास्थ्य अवस्थामा समस्या आएको रेग्मीले बताए । तर, चिकित्सकले केही समय आराम गर्न सल्लाह दिएकाले ‘पहाड’को छायांकन ठ्याक्कै कहिलेदेखि सुरु हुन्छ भन्ने यकिन छैन ।