‘मिसन इम्पोसिबल’ ट्रेलर सार्वजनिक गरिएको छ l अघिल्ला श्रृंखलामा क्रुजले बुर्ज खलिफा, चट्टानबाट मोटरसाइकल हाँक्ने लगायतका स्टन्ट प्रस्तुत गरेका छन् । भने यस् पटक चाही‘१२० देखि १३० माइल प्रतिघण्टाको गतिमा उडिरहेको जहाजबाट हाम्फाल्दै एक्सन द्रिश्य दिएका छन् l म्यागजिनसँग क्रुजले भनेका छन्, ‘यसकारण मैले आफूलाई सास कसरी फेर्ने भनेर तालिम दिएको थिएँ ।
शारिरिकरुपमा यसो गर्दा म ककपिटमा फर्किन पनि असमर्थ हुने गर्थेँ ।’यो सिरिजको अघिल्लो श्रृंखला गत नोभेम्बरमा ‘डेड रेकोनिङ’को नाममा रिलिज भएको थियो । ‘फाइनल रेकोनिङ’ शीर्षक तय गरिएको यो श्रृंखलामा अभिनेत्री एन्जेला बसेट सीआइएको निर्देशकको भूमिकामा देखिएकी छन् ।क्रुजलाई इथन हन्ट नामक जासुस पात्रको भूमिकामा चित्रण गरिएको फिल्मलाई प्यारामाउन्ट पिक्चर्सले आगामी २३ मेमा रिलिज गर्ने तयारी छ । जासुस पात्रको रोलमा यो फिल्म क्रुजको अन्तिम हुनसक्ने बताइएको छ ।